१६ असार २०८३, मंगलबार

आ–आफ्नै धूनमा नेता, ४ नेताको ४ थरी अडान

कात्तिक २०, २०७४
आ–आफ्नै धूनमा नेता, ४ नेताको ४ थरी अडान
काठमाडौं, ९ पुस– प्रधानमन्त्री प्रचण्डले शुक्रबार गोरखामा आयोजित कार्यक्रममा देशलाई सधैं अनिर्णयको बन्दी बनाउन नहुने भन्दै संसद खुलाएर प्रक्रियामा जानु पर्ने तर्क गरे ।
प्रचण्डले यस्तो तर्क गरिरहँदा सिरहामा आयोजित अर्को कार्यक्रममा एमाले नेता झलनाथ खनालले निर्वाचनले संविधान सफल हुने बताए । यस्तै उनले सरकार संविधान जोगाउन गम्भीर नरहेको आरोप समेत लगाएको खबर आजको कान्तिपुर दैनिकमा खबर छ ।
यस्तै स्यांजामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले तोकिएको समयमा चुनाव नभए देशमा संवैधानिक संकट आउने बताए । संविधान संशोधनपछि चुनाव गराउनु अनिवार्य हुने भन्दै उनले नत्र देशमा संवैधानिक संकट आइपर्ने बताए ।
यता अर्का नेता नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले भने अहिले संसदमा पेश भएको संशोधन प्रस्ताव अपुरो रहेको बताए । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सबैको भावना समेटेर अर्को प्रस्ताव ल्याइनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्