०२ साउन २०८३, शनिबार

सुशान्त सिंह राजपूत मामिलामा रिया परिन् पक्राउ

भदौ २३, २०७७
सुशान्त सिंह राजपूत मामिलामा रिया परिन् पक्राउ

बलिउड अभिनेता सुशान्त सिंह राजपूत केसमा अभिनेत्री रिया चक्रवर्ती मंगलवार पक्राउ परेकी छन् । 
 

एनसीबीले सोधपुछ सक्नेबित्तिकै रियालाई पक्राउ गरेको बताइएको छ । पक्राउपछि उनको स्वास्थ्य परीक्षण गरिने भएको छ । उनको कोभिड टेस्ट गरिने खबर छ । 
 

रियाले एनसीबीलाई बलिउडका २५ जना कलाकारको नाम दिएको बताइएको छ । एनसीबीले १० दिनभित्र ती कलाकारहरूलाई समन पठाउन सक्नेछ । 

त्यसअघि रियाका भाइ शौविकले पनि एनसीबीलाई कलाकारहरूको नाम टिपाएका थिए । 

ड्रग माफियासँग आफ्नो सम्बन्ध रहेको पनि रियाले कबुलेकी छन् । ड्रग ल्याउने लग्ने बासित परिहार पनि आफ्नो घर आइरहने गरेको उनले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्