०९ साउन २०८३, शनिबार

१० हजार ६ सय पीसीआर परीक्षणमा ९ सय २ मा भेटियो कोरोना संक्रमण

१० हजार ६ सय पीसीआर परीक्षणमा ९ सय २ मा भेटियो कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमित भेटिएको जनाएको छ ।

मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ नमूनाको पीसीआर परीक्षण भएको र त्यसमध्ये ९ सय २ मा संक्रमण देखिएको बताएका हुन् ।

डा. गौतमले हालसम्म नेपालमा संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको बताए । तीमध्ये ३२ हजार ९ सय ६४ जना डिस्चार्ज भइसकेका छन् । 

पछिल्लो २४ घण्टामा २२ सय ८७ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । 

डा. गौतमले यो डिस्चार्ज ६८ प्रतिशत रहेको बताए ।  

salt training

कमेन्ट गर्नुहोस्