१० असार २०८३, बुधबार

बाग्लुङमा चट्याङ लागेर १ जनाको मृत्यु

बाग्लुङमा चट्याङ लागेर १ जनाको मृत्यु

बागलुङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

तारोखाला गाउँपालिका वडा नं ३ का भिमबहादुर बस्नेतको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रमुख प्रहरी नायव निरीक्षक युवराज सलामीले जानकारी दिए ।

प्रमुख सलामीका अनुसार मोवाइल चार्ज गर्ने क्रममा घरमा चट्याङ पर्दा बस्नेत घाइते भएका थिए । घाइते रहेका उनलाई गलकोटमा उपचारका लागि ल्याएपछि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको बताइएको छ ।

चट्याङले पुर्याएको क्षतिबारे अनुसन्धान भैरहेको बताइएको छ । बिजुली चम्केको चट्याङ परेको बेला विद्युतीय सामग्री प्रयोग गर्नु खतरनाक हुने गर्छ । त्यस्तै वर्षाका कारण बाढी आउँदा ताराखोला ५ मपेश खोलाबाट आयको बाढीले करिमेलाका पुर्ण बहादुर रोकाको भैंसी बगाएको छ ।

खोला किनारमा रहेका बस्तीमा बाढी पसे पनि मानवीय क्षती नभएको वडा नम्बर ५ का वडा अध्यक्ष राम बहादुर रोकाले जानकारी दिनुभयो । बाढीले खोला नजिक रहेका खेतीयोग्य जमिनसङ्गै ५ वटा झोलुङ्गे पुलमा क्षती पुर्याएको छ ।

वडा नम्बर ५ को कमखोला घाट झोलुङ्गे पुल, वडा नम्बर ४ को मिच्चेक घाट झोलुङ्गे पुल र दोगाडी घाट झोलुङ्गे पुल बगाएको स्थानीय तम बहादुर घर्तीले जानकारी दिए । बाढीले ताराखोला जल विधुत प्रसारण लाइनका पोलहरु समेत बगाएकोले विधुत अवरुद्ध भएको छ ।

वडा नम्बर ४ को दलानचौर मा रहेको काठको अस्थायी मोटरेबल पुलमा समेत क्षति पुर्‍याएकोले ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ । वडा नम्बर ५ को सिन्जाली चोकदेखि करिमेला र मपेश खन्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो समेत अब रुद्ध बनेको स्थानीयले जानकारी दिए । थम्मन थापा, बाग्लुङ

salt training

कमेन्ट गर्नुहोस्