
कोरोना भाइरस (कोभिड १९)को महामारी शुरू भएसँगै रोकिएको चर्चित टिभी कार्यक्रम ‘कौन बनेगा करोडपति’ पुनः शुरू हुने भएको छ ।
बलिउड अभिनेता अमिताभ बच्चनले कार्यक्रमको शूटिङ शुरू गरेका छन् ।
सामाजिक सञ्जाल इन्स्ट्रागाममा एक तस्वीर शेयर गर्दै अमिताभले लेखेका छन्,‘सुरक्षित रहौं, काम जारी छ ।’
उनले शेयर गरेको तस्वीरमा देख्न सकिन्छ, अमिताभ कम्यूटरको अगाडि आफ्नो अनुहार देखाएर कुर्सीमा बसिरहेका छन् । पीपीई लगाएर मेकअप म्यान उनको मेकअप गरिरहेका छन् ।
पीपीई, फेस सिल्ड, मास्क लगायत सबै सुरक्षाका उपाय अपनाएर उनीहरूले शुटिङ शुरू गरेका हुन् ।
कोरोना महामारीकै बीचमा अमिताभलाई पनि कोरोना संक्रमण भएको थियो । उनी अहिले संक्रमणमुक्त छन् ।