०३ साउन २०८३, आइतबार

कंगना रनावतले गरिन् उद्धव ठाकरेको कठोर आलोचना

भदौ २५, २०७७
कंगना रनावतले गरिन् उद्धव ठाकरेको कठोर आलोचना

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेसन (बीएमसी) ले बुधवार बलिउड अभिनेत्री कंगना रनावतको मुम्बईस्थित पाली हिलमा रहेको कार्यालय भत्काएपछि कंगनाले महाराष्ट्र सरकारको कठोर आलोचना गरेकी छन् । 

शिवसेना तथा महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरेलाई कंगनाले ट्वीटमार्फत लगातार शाब्दिक आक्रमण गरिरहेकी छन् । उनले उद्धवका साथै कांग्रेसमाथि पनि प्रहार गर्दै शिवसेनालाई सोनिया सेना नाम दिएकी छन् । 
 

कंगनाले ट्वीट गर्दै भनिन्, ‘जुन विचारधारामा आधारित भई श्री बालासाहेब ठाकरेले शिवसेना निर्माण गरेका थिए, त्यही विचारधारालाई बेचेर शिवसेना अहिले सोनिया सेना बनिसकेको छ । जुन गुण्डाहरूले म नहुँदा मेरो घर तोडफोड गरे, तिनीहरूलाई सिभिक बडी भन्न मिल्दैन । संविधानको यति ठूलो अपमान नगर ।’

अर्को एक ट्वीटमा कंगनाले लेखिन्, ‘तिम्रा पिताजीको सुकर्मले तिमीलाई सम्पत्ति त देला तर सम्मान तिमी आफैंले कमाउनुपर्ने हुन्छ । मेरो मुख त बनद गरौला तर मेरै आवाज मपछि सयौं अनि लाखौं आवाज निस्कन्छ । ​कतिजनाको मुख बन्द गर्छौ ? कहिलेसम्म सत्यबाट भाग्छौ ? तिमी केही हैनौ, वंशवादको नमूना मात्र हौ ।’

यसअघि कंगनाले भिडियो बनाएर उद्धव ठाकरेमाथि आक्रमण गरेकी थिइन् । कंगनाले मुम्बईलाई पाकिस्तान अधीनस्थ कश्मीरसँग तुलना गरेपछि आक्रोशित भएको महाराष्ट्र सरकारले बीएमसी लगाएर उनको कार्यालय भवन भत्काउन लगाएको बताइएको छ । तर बम्बे उच्च अदालतले भत्काउन रोक लगाएपछि बीएमसीले थप तोडफोड नगर्ने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्