०४ असार २०८३, बिहीबार

काठमाडौंमा कछुवासहित ५ जना पक्राउ

भदौ २७, २०७७
काठमाडौंमा कछुवासहित ५ जना पक्राउ
प्रतिकात्मक तस्वीर

प्रहरीले काठमाडौंमा दुर्लभ वन्यजन्तु कछुवासहित ५ जनालाई शनिवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ र १९ वर्षका प्रमोद बास्कोटा, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहटका १८ वर्षीय रुपेश तिमिल्सिना रहेका छन् ।

विशेष सूचनाको आधारमा  काठमाडौं महानगरापलिका–१४ स्थित कलंकीबाट उनीहरूलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनीहरूलाई प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । 

शुक्रवार राति चितवनबाट बिक्री वितरण गर्न कछुवा काठमाडौं ल्याउँदैछ भन्ने सूचना प्रहरीमा आएको थियो । सोही सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनका अनुसार कछुवा ३५ लाख रुपैयाँमा बिक्री वितरण गर्न मोततोल भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनीहरूको साथमा फेला परेको पहेंलो रङको कछुवाको तौल ७०० ग्रामको र लम्बाई १२ ईन्चको छ । उनीहरूमाथि महानगरीय प्रहरी वृत्त कालिमाटीले अनुसन्धान थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्