२४ जेठ २०८३, आइतबार

गणेशमान सिंह स्मृति दिवस, सामाखुसीमा रक्तदान

गणेशमान सिंह स्मृति दिवस, सामाखुसीमा रक्तदान

नेपाली कांग्रेसका संस्थापक नेता एवं २०४६ को जनआन्दोलनका कमाण्डर तथा लौहपुरुष स्वर्गीय गणेशमान सिंहको २३ औँ स्मृति दिवसको अवसरमा सामाखुसीमा रक्तदान गरिएको छ। कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन्। 

कांग्रेस टोखा नगरपालिका–१०, काठमाडौंको आयोजना तथा नेपाल तरुणदल काठमाडौं जिल्ला सदस्य दिपक थापाको संयोजकत्वमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बाँनियाको प्रमुख अतिथि रहेको कार्यक्रममा बागमती प्रदेशका सांसद जीवन डंगोल, टोखा नगरपालिका–१० का इकाई सभपति तेजप्रसाद सेढाई, कांग्रेस ताकेश्वर नगरपालिका सभापति श्रीकृष्ण थापा, नेपाल रेडक्रस काठमाडौं जिल्ला उप–सभापति कमल नकर्मीको पनि उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्