०४ असार २०८३, बिहीबार

चीनले आफ्ना नागरिकलाई भन्यो - नेपाल भ्रमण नगर्नू

कात्तिक २०, २०७४
चीनले आफ्ना नागरिकलाई भन्यो - नेपाल भ्रमण नगर्नू
काठमाडौँ, ९ पुस- चीनले आफ्ना नागरिकहरूलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ। चीन सरकारले ट्राभल अपरेटरहरूमार्फत आन्तरिक रूपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो, आजको कान्तिपुर दैनिकमा खबर छ | चीनको चेन्दु सहरबाट सञ्चालनमा रहेको पर्यटनसम्बन्धी प्रमुख एजेन्सी चाइना इन्टरनेसनल ट्राभल सर्भिस (सीआईटीएस) ले चिनियाँ सरकारी निकायले त्यस्तो सन्देश दिएको भन्दै नेपालमा रहेका आफ्ना समकक्षी अपरेटरहरूलाई त्यस्तो जानकारी गराएको हो। काठमाडौं र चीनको चेन्दुबीच भगिनी सहरको सम्बन्ध स्थापित हुनु एक दिनअघि यस्तो निर्देशन बाहिर आएको हो।china

चीन सरकारले भारतमा हुने तिब्बती धार्मिक नेता दलाई लामाको कार्यक्रमलाई ध्यान दिएर यस्तो सर्कुलर जारी गरेको हुनसक्ने आशंका गरिएको छ। तर चिनियाँ सरकारी पक्षले यस्तो एडभाइजरी बाहिर नआएको र भित्र केही भए जानकारी नभएको बताएका छन्। ‘गत वर्ष पनि चीनले छोटो समयका लागि यस्तै सर्कुलर जारी गरेको थियो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘कूटनीतिक पहलपछि त्यो समाधान भएको थियो। अहिले पनि त्यही स्तरमा कुरा हुन आवश्यक छ।’

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चीन सरकारले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सर्कुलर जारी गरेको आफूलाई जानकारी नभएको बताए।

चिनियाँ टोली पछिल्लो समय नेपालको कूटनीतिक शैलीप्रति बढी असन्तुष्ट भएको र त्यसमा ध्यान पुगोस् भन्दै भित्री रूपमा सन्देश दिन यो प्रक्रियामा लागेको हुनसक्ने बताइएको छ। परराष्ट्र सचिव शंकरदास बैरागीले पनि यस विषयमा आफूले बुझ्ने प्रयास गरिरहेको र बेइजिङस्थित दूतावासले बुझ्ने काम गरिरहेको बताए।

salt training

कमेन्ट गर्नुहोस्