
काठमाडौं, २४ वैशाख – सर्वोच्च अदालतको आदेशपछि सर्वोच्च अदालत फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्कीले आइतवारको पेशी तोकेकी छन् । उनले आइतवारका लागि पाँच सय ३५ वटा पेशी तोकेकी हुन् ।
आइतवार विहान ९ वजेर २० मिनेट जाँदा सर्वोच्च छिरेकी उनले कुनैपनि बेन्चमा आफ्नो नाम राखेकी छैनन् । सर्वोच्च अदालतमा कुन मुद्दा कुन न्यायाधीशले हेर्ने भनेर प्रधानन्यायाधीशले विहान पेशी तोक्ने प्रचलन हुन्छ ।
सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायका अनुसार आजका लागि गठन गरिएका हुनैपनि बेन्चमा प्रधानन्यायाधीश कार्की स्वयमको नाम चाहिँ छैन ।
संसदमा महाअभियोग दर्ता भएपछि कार्की निलम्बनमा परेकी थिइन् । तर शुक्रवार सर्वोच्च अदालतले आइजी मुद्दा किनारा नलागे सम्म महाअभियोगको कारबाही अघि नबढाउन र कार्कीलाई अदालत फर्किन आदेश दिएपछि उनी सर्वोच्च फर्किएकी हुन् ।