×

NMB BANK
NIC ASIA

भारतमा नेपाली कामदारको व्यग्र पर्खाइ, सीमासम्मै पुग्छन् रोजगारदाता ‘मालिक’का गाडी

भदौ ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको गोदावरी नगरपालिका–५ का किरण चन्द गौरीफन्टा भएर भारतको गुजरात हानिएका छन् ।

Muktinath Bank

मेकानिकल इन्जिनीयर रहेका उनी परिवारसहित गुजरात बस्दै आएका थिए । उतै रोजगारी गर्छन् । गत जेठमा नेपाल आएका उनी हाल कोरोना कहरबीच भारत पसेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी भन्छन्, ‘यता रोजगारी छैन । उतै काम गर्छु । कम्पनीले बोलाएको बोलायै छ । गौरीफन्टा सीमाबाटै गाडीको व्यवस्था कम्पनीले नै गरिदिएपछि फर्किंदै छु ।’


Advertisment
Nabil box
Kumari

कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्काका सुरेश साउँद पनि गौरीफन्टा नाका भएर भारत पसे । ‘घरमा कूल देवताको पूजा थियो । श्राद्ध गरियो । पितृहरूबाट आशिर्वाद मागियो । अब परिवार पाल्नकै लागि भारत जान लागेको हुँ,’ साउँदले भने, ‘हाम्रो देशमा काम पाइने भए भारत जानु के रहर थियो र ? काम पाइँदैन अनि भारत जानुको विकल्प छैन ।’

Vianet communication
Laxmi Bank

उनीसहित ५ जनालाई लिन दिल्लीका रोजगारदाता व्यवसायीले गाडी नै पठाएका रहेछन् । पाँचै जना दिल्लीमा सुरक्षा गार्डमा काम गर्छन् । ‘मालिकले पारिपट्टि (भारत) गाडी पठाइदिनुभएको छ । अब कोरोनाबाट बच्दै काम गरिन्छ,’ उनले भने, ‘काम गर्नु पर्छ, कहिलेसम्म घरभित्रै सुतिराख्नु त ?’

किरण र सुरेश मात्रै होइनन्, यतिबेला गौरीफन्टा नाकाबाट आउनेभन्दा भारत फर्किने धेरै छन् । सीमा नाकामा आजभोलि ओइरो लाग्ने गरेको छ । खासगरी भारतमा लामो समयदेखि रोजगारीमा रहेका, मौसमी कामदारको रूपमा भारतमा काम गर्न पुगेकाहरू भारतमा कोरोनाको महामारी फैलिएपछि लकडाउनबीच नेपाल फर्किएका थिए । तर लामो लकडाउनपछि बेरोजगार भएका नेपालीहरू आजभोलि पुनः रोजगारीको लागि भारत पस्न लागेका छन् ।

लामो समयदेखि भारतमै रोजगारी गरेका नेपालीलाई पहिले कार्यरत ठाउँका रोजगारदाता मालिकहरूले बोलाउन थालेपछि र सीमा नाकामै गाडीको व्यवस्थासहित लिन आएपछि नेपालीहरू फर्किन थालेका हुन् । भारतमा रोजगारदाताहरू नेपाली मजदुरको व्यग्र पर्खाइमा छन् ।

कैलालीको जानकी गाउँपालिका–५ पथरैयाका भरतसिंह विक नयाँदिल्लीमा एक रेस्टुरेन्टमा काम गर्थे । भारतमा लकडाउन भएपछि रेस्टुरेन्ट सञ्चालकले घर पठाइदिए । मालिकले फेरि कामको लागि बोलाएकाले उतै जान लागेको उनले बताए ।

‘मुगल रेस्टुरेन्टमा गार्ड थिएँ । त्यतिबेला लकडाउन हुने भनेपछि ४–५ दिनअघि नै आइहालें,’ उनले भने, ‘अहिले घरमा नून तेल त चाहियो । नेपालमा सबैतिर बन्द छ । भारतमा सबै होटल, कलकारखाना, व्यापार व्यवसाय खुलिसक्यो ।’ 

लामो लकडाउनले दुई छाक टार्नलाई पनि मुस्किल भएपछि नेपालीहरू स–साना दुधे बालकलाई काखी च्यापेर भारततिर जान बाध्य छन् । सुदूरपश्चिम प्रदेशको साढे २५ लाख जनसंख्याको ३० प्रतिशत जनसंख्या कामका लागि भारत आउजाउ गर्ने गरेको गैरसरकारी संस्थाहरूको दाबी छ ।

भारतबाट सुदूरपश्चिमका विभिन्न जिल्ला आएका र कर्णाली प्रदेशका वासिन्दा यतिबेला कञ्चनपुरको गौरीफन्टा नाका र गड्डाचौकी नाका भएर पुनः भारततिर फर्किरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको पछिल्लो १० दिनको तथ्यांक अनुसार ती २ नाका भएर आउने र जानेको संख्या करीब–करीब बराबरै रहेको छ । भदौ २० गतेदेखि २९ गतेको तथ्यांक अनुसार ६ हजार ४९९ जना भित्रिएका छन् भने ६ हजार १८५ जना भारत गएका छन् । गड्डाचौकीको तुलनामा गौरीफन्टा नाकामा आवागमन बढी रहेको पाइएको छ ।

प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार खासगरी लामो समयसम्म भारतमा बसेका र भारतमै विभिन्न पहिचान पत्र लिइसकेका नेपालीहरू भारत फर्किएका छन् । सीमा नाकामा भारतीय सुरक्षाकर्मीले आधार कार्ड, भोटर कार्ड, राशन कार्ड भएका नेपालीलाई प्रवेश दिँदै आएको प्रशासकीय अधिकृत भारतीले जानकारी दिए ।

आजभोलि सेवानिवृत्त नेपालीहरू पनि भारत गइरहेका छन् । भारतीय सेना र प्रहरीमा सेवानिवृत्त नेपालीहरू पेन्सन बुझ्न भारत जाने र आउने गरेको प्रशासन कार्यालयले जनाएको छ । भारतीय सीमावर्ती जिल्लाका डीएमसँगको समन्वयमा दैनिक १०० जना सेवानिवृत्त नेपालीहरू पेन्सनकै लागि भारत गइरहेका बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x