०४ असार २०८३, बिहीबार

ट्यांकर चालकको यस्तो हर्कत, परे फन्दामा

ट्यांकर चालकको यस्तो हर्कत, परे फन्दामा

पेट्रोलियम पदार्थमा मिसावट गर्ने २ जना ट्याङ्कर चालक प्रहरीको फन्दामा परेका छन् । नेपाल आयल निगम अन्तर्गत अमलेखगन्ज डिपोको  ना ७ ख३९२३ र ना ७ ख४०९३ नम्बरको ट्याङ्करमा चालकलाई प्रहरीले पक्राउ गरेको हो । 

 इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा बाराको जितपुर सिमराका ना ७ ख  ३९२३ नम्बरका चालक राजेश विश्वकर्मा र मकवानपुर हेटौडाका ना ७ ख ४०९३ को ट्याङ्कर चालक सन्तोष खड्काले पेट्रोलियम पदार्थ पेट्रोलमा मिसावट गरेको पाइएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 
प्रादेशिक कार्यालय अमलेखगन्जमा खाली गर्नुपूर्व गुणस्तर चेकजाँच गर्दा मिसावट रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्