०४ असार २०८३, बिहीबार

केटिएमले ल्यायो  बिएस६ मोडल २०२० को नयाँ रेन्ज मोटरसाइकल, मूल्य कति ?

केटिएमले ल्यायो  बिएस६ मोडल २०२० को नयाँ रेन्ज मोटरसाइकल, मूल्य कति ?

चर्चित मोटरसाइकल ब्राण्ड, केटिएमले बिएस६ को नयाँ २०२० रेन्ज लन्च गर्ने घोषणा गरेको छ ।

द्दण्द्दण्, केटिएम २०० डुकलाई पूरै तवरले अपग्रेड गरिएको छ, जुन शानदार १२९० सुपर ड्यूक—आर बाट प्रेरित छ । 

यस बाइकको एकदमै नयाँ अनि ज्यादै हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्पका साथ अपग्रेड गरिएको छ तथा यसको पूरै बनावटलाई नयाँ रुप दिएको छ । 
यो बाइक डुअल–च्यानल एबीएस र एलईडी डिआरएलएस जस्ता नयाँ विशेषाताहरू राखिएका छन् ।

यस बाइकमा अल्ट्रा कम्प्याक्ट, लिक्विड–कूल्ड, डिओएचसी, ४–भल्भ ईञ्जिन, अत्याधुनिक इन्जेक्शन इलेक्ट्रोनिक्स, उन्नत डब्लयूपी सस्पेन्शन तथा आकर्षक देखिने स्वींगआर्म जस्तै उच्च प्राविधिक क्षमता भएको कम्पनेन्ट छ, जसले बाइक चलाउने बेला ज्यादै आनन्द तथा तीव्र गतिले मोडिने क्षमता प्रदान गर्छ । 

यसमा फ्यूल क्षमताको १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ । जसबाट चालकले ३०% अतिरिक्त दूरीसम्मको आनन्द लिन सक्छन् ।

केटिएम २०० डुक यस श्रेणीमा सबैभन्दा धेरै अर्थात् २५ पिएसको पावरले भरिपूर्ण छ तथा आउटगोइङ्ग मोडलको रुपमा १९।३ एनएम टर्क उत्पन्न गर्न सक्छ । डुअल–च्यानल एबीएस  को साथ बिल्कुलै नयाँ द्दण्द्दण् केटिएम २०० डुक २ नयाँ रङ्गको विकल्पः इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक व्हाइटमा बजारमा आएको छ । 

यस मोटरसाइकलको शुरूवाती मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँ पर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्