१७ असार २०८३, बुधबार

‘कोरोना लाग्यो, मर्न जान्छु’ भनी गएका व्यक्तिको वास्तविकता अर्कै

असोज १, २०७७
‘कोरोना लाग्यो, मर्न जान्छु’ भनी गएका व्यक्तिको वास्तविकता अर्कै

भारतको मुम्बईमा एक पतिले आफ्नी पत्नीलाई कोरोना पोजिटिभ भएको भन्दै झूटो कुरा बताएको रहस्य खुलेको छ । 

आफू कोभिड सेन्टरमा भर्ना हुन गएको र परिवारलाई संक्रमणबाट बचाउन चाहेको बहाना बनाए । तर खासमा उनी आफ्नी प्रेमिकासँग भागेका रहेछन् । 

पतिसँग सम्पर्क हुन नसकेपछि चिन्तित भएकी पत्नीले प्रहरीमा उजुरी गरिन् । प्रहरीले खोज्दै जाँदा पतिलाई उसकी प्रेमिकासँग इन्दौरमा फेला पारे । 

जुलाई २४ मा पतिले पत्नीलाई फोन गरेर आफू कोरोना पोजिटिभ भएको र मर्न जान लागेको बताए । पत्नीले चिन्तित हुँदै रोक्न खोज्दा उनले फोन काटे ।

त्यसपछि उनले फोन स्विच अफ गरे । भोलिपल्ट उनका सालाले भिनाजुको बाइक वाशीस्थित एक गल्लीमा त्यत्तिकै राखिएको अवस्थामा फेला पारे । 
 

बाइकमा नै उसको हेल्मेट, अफिस ब्याग र पर्स थियो । परिवारले वाशी प्रहरी चौकीमा हराएको रिपोर्ट दर्ता गर्‍यो । 

वरिष्ठ प्रहरी निरीक्षक संजीव धूमलले प्रहरीको टोली उक्त व्यक्तिको खोजीमा लागेको बताए । कोभिड सेन्टरहरूमा उनलाई खोजियो । उनको मोबाइललाई निगरानीमा राखियो । निकै खोजेपछि प्रहरीले पत्ता लगायो । 

उनले आफ्नो मोबाइलमा पुरानो सिम बन्द गरेर नयाँ सिम राखेका रहेछन् । प्रहरीले मोबाइल इन्दौरमा चलिरहेको थाहा पायो । 

प्रहरीको एक टोली इन्दौर पुग्यो र उनलाई पक्राउ गर्‍यो । इन्दौरमा नाम परिवर्तन गरेर उनी भाडाको घरमा प्रेमिकासँग बसिरहेका रहेछन् । 

salt training

कमेन्ट गर्नुहोस्