१० असार २०८३, बुधबार

वामदेवले लिए राष्ट्रियसभा सदस्यको शपथ

वामदेवले लिए राष्ट्रियसभा सदस्यको शपथ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् ।

सिंहदरबारस्थित संसद् सचिवालयमा बिहीवार आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ गराएका हुन् ।

गौतमको शपथ कार्यक्रममा नेकपाका प्रभावशाली नेताहरू उपस्थित थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार दिउँसो नै गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी थिइन् । भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिश गरेको थियो । 

शपथ लिएसँगै नेकपा सचिवालयका ९ जना सदस्य नै संघीय संसदको सदस्य बनेका छन् । यसअघि गौतम मात्र संसद बाहिर थिए । राष्ट्रिय सभामा गौतम नै नेकपाको तर्फबाट शीर्ष नेता भएका छन् ।

के दिए प्रतिक्रिया ?

शपथपछि गौतमले नेपालमा समाजवाद स्थापना गर्ने नेकपाको संकल्प पूरा गर्न राष्ट्रिय सभामा भूमिका खेल्ने बताएका छन् । राष्ट्रिय सभाको गरिमा बढाउनका लागि निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्ने उनले बताए । 

संसद् सचिवालयमा बिहीवार राष्ट्रिय सभा सदस्यको शपथ लिएपछि संक्षिप्त सम्बोधन गर्दै गौतमले मुलुकको पक्षमा काम गर्ने बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार दिउँसो नै गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेकी थिइन् ।

‘राष्ट्रिय सभाको गरिमा बढाउनका लागि संविधान र नियमावली अनुसार मैले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्न आएको छु । मैले यो सभाको सदस्य रहँदासम्म कहिले पनि राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने कुनै क्रियाकलाप गर्ने छैन,’ गौतमले भने, ‘मैले राष्ट्रिय सभाको जिम्मेवारी पूरा गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रियता, सार्वभौमिकता र नेपाली जनताप्रति सधैँ बफादार भएर मैले आफ्नो कर्तव्य निर्वाह गर्नेछु ।’ 

गौतमले नेपालमा समाजवाद स्थापना गर्ने नेकपाको संकल्प राष्ट्रिय सभामा रहेर पूरा गर्ने बताए ।

‘हाम्रो पार्टी (नेकपा)ले नेपालमा समाजवाद स्थापना गर्ने संकल्प गरेको छ, त्यो संकल्पबमोजिम त्यो कार्य सम्पन्न गर्नका लागि के कति भूमिका निर्वाह गर्नसक्छु, त्यो भूमिका गर्नेछु,’ गौतमले भने । 

गौतमले आफूलाई राष्ट्रिय सभामा सिफारिश गरेकोमा प्रधानमन्त्री केपी ओली र पार्टीलाई धन्यवाद दिए । गौतमको शपथ समारोहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका थिए । 

सिंहदरबारस्थित संसद् सचिवालयमा बिहीवार आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ गराएका हुन् ।

आफूले पार्टी सदस्यता दिएका तिमल्सिनाबाट राष्ट्रिय सभा सदस्यको शपथ लिन पाएकोमा आफ्नो छाति फुलेको गौतमले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्