काठमाडौं, २४ वैशाख – नयाँशक्ति पार्टीसँग मिलेर मेयर पदमा उम्मेदवार दिएका एमाले स्याङजाका उपाध्यक्ष उदय श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । उनले एमालेले टिकट नदिएपछि नयाँशक्तिसँग मिलेर वालिङ नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका थिए ।
उनले उम्मेदवारी फिर्ता लिएसँगै बाबुरा भट्टराई र उपेन्द्र यादवको पार्टी त्यहाँ मेयर पद विहीन भएको छ । भट्टराई र यादव चुनावी मोर्चामा सँगसँगै छन् ।
उनले उम्मेदवारी फिर्ता लिएसँगै नयाँशक्ति पार्टीले आफुहरुलाई धोका भएको बताएको छ । श्रेष्ठले विश्वासघात गरेको नयाँशक्ति पार्टीका नेताहरूले बताइरहेका छन् ।
श्रेष्ठलाई मेयर पदमा उठानको लागि नयाँशक्तिबाट मेयर पदमा उम्मेदवारी दिएका टिकाराम रेग्मीले उम्मेदवारीबाट पछि हटेका थिए ।