०६ असार २०८३, शनिबार

चुनावी प्रचारप्रसार तीव्र, दलका झण्डा र प्रचार सामाग्रीले रंगियो शहर

कात्तिक २०, २०७४
चुनावी प्रचारप्रसार तीव्र, दलका झण्डा र प्रचार सामाग्रीले रंगियो शहर

काठमाडौँ, २४ वैशाख– पहिलो चरणमा हुने स्थानीय निर्वाचनका लागि एक हप्ता मात्र समय बाँकी रहँदा चुनाव प्रचार प्रसारको अभियानले तिब्रता पाएको छ । पहिलो चरणमा निर्वाचन हुने मुलुकका २ सय ८३ स्थानीय तहमा निर्वाचनको प्रचारप्रसार निकै उत्साहपूर्ण ढङ्गबाट भइरहेको पाइएको छ ।

रुकुममा सत्तारुढ घटक नेपाली कांग्रेस र माओवादी केन्द्र तथा गोर्खामा माओवादी केन्द्र र नयाँ शक्तिका कार्यकर्ताबीच सामान्य झडपका घटना भएका छन् । भने धादिङ, चितवनलगायतका स्थानमा चुनावी प्रचारप्रसारमा प्रयोग गरिएका गाडीमा आगजनी भएका छन् । यसका अलावा देशका अन्य स्थानमा चुनावप्रसार प्राय शान्तिपूर्ण देखिएको छ ।

निर्वाचन आयोगबाट चुनाव चिह्न प्राप्त गरेपछि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेतले मतदातालाई आफ्नो पकडमा पार्न प्रचारप्रसारका सामग्रीसहित आमसभाका अतिरिक्त उम्मेदवारबाट घरदैलो कार्यक्रम शुरु गरेका हुन् ।

सामाजिक सञ्जालका भित्ताहरुमा समेत चुनाव प्रचारका सामाग्री, उमेदवारको फोटाहरुले भरिएका छन् । आफ्ना पक्षका उम्मेदवारलाई जिताउन आह्वान गर्दै मत मागिएका छन् ।

पहिलो चरणमा ३, ४ र ६ नं प्रदेशका ३४ जिल्लामा वैशाख ३१ गते आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदात हुँदैछ । सधैँजसो राजधानी, पार्टी कार्यालय, नेताको घर र जिल्ला सदरमुकाममा घुमीरहने अधिकांश पार्टीका नेताहरु अहिले निर्वाचनको प्रचारप्रसारका लागि स्थानीय तहका वडा–वडामा पुगिसकेका छन् ।

काठमाडौं, पोखरा लगायत सुगम क्षेत्रका उम्मेदवार पार्टीको झन्डा र उम्मेदवारको तस्बिर अङ्कित चुनावी पोस्टर सवारी साधनमा टाँगेर दलबलसहित बिहानदेखि नै प्रचारमा जुटेको देखिएको छ ।

यसपटक ठूलो आकारको मतपत्र भएका कारण भोट कसरी हाल्ने भन्ने पाटोमा मतदातालाई आवश्यक शिक्षा पु¥याउने विषय निकै चुनौती रहेको उम्मेदवारबाट गुनासो सुनिएको छ ।

पहिलो चरणको निर्वाचनबाट १३ हजार ५५६ जनप्रतिनिधिको चयन हुनेछ । बीस वर्षपछि हुन लागेको निर्वाचनको महाअभियानको माहोल बनाउँदै मतदातालाई आफ्नो पक्षमा ल्याउने दौडधुप र चटारोमा उम्मेदवारको दिनचर्या बितेको छ ।

राजधानी काठमाडौं उपत्यकाका शहरी क्षेत्र राजनीतिक दलका झण्डा र प्रचार सामाग्रीले रंगिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्