०३ साउन २०८३, आइतबार

आतंकवादविरुद्ध लड्नका लागि साझेदारहरूले थप रगत र पैसा योगदान गर्नुपर्ने अमेरिकाको भनाइ

कात्तिक २०, २०७४
आतंकवादविरुद्ध लड्नका लागि साझेदारहरूले थप रगत र पैसा योगदान गर्नुपर्ने अमेरिकाको भनाइ

काठमाडौं, २४ वैशाख — ट्रम्प प्रशासनले बनाएको नयाँ प्रतिआतंकवाद रणनीतिको मस्यौदामा अमेरिकाका साझेदारहरूमाथि थप भार राख्नुपर्ने बताइएको तर कसरी भन्ने प्रश्न चाहिँ अस्पष्ट रहेको रोयटर्सले लेखेको छ ।


एघार पानाको कागजातको समीक्षा उक्त समाचार संस्थाले गरेको थियो । पूर्ववर्ती ओबामा प्रशासनले सन् २०११ मा ओसामा बिन लादेनलाई मारेपछि बनाएको प्रतिआतंकवाद नीतिलाई अहिलेको प्रशासनले हटाउन लागेको हो ।

नयाँ नीतिपत्र अमेरिका प्रथमको सारअनुरूप रहेको भएपनि यो सरकारका केही कामभन्दा विपरीत रहेको देखिन्छ ।

‘हामीहरू विश्वव्यापी जिहादी समूहविरुद्धका कारवाहीलाई झन् तीव्र बनाउन चाहन्छौं अनि यसैक्रममा प्रतिआतंकवादी लक्ष्य प्राप्तिका लागि अमेरिकाको रगत र पैसा पनि घटाउन चाहन्छौं,’ कागजातमा लेखिएको छ । यसलाई केही महिनामा सार्वजनिक गर्ने लक्ष्य लिइएको छ ।

‘हामीहरू प्रतिआतंकवादका लक्ष्य प्राप्तिका लागि महंगा र विशाल स्केलका अमेरिकी सैन्य हस्तक्षेप चाहँदैनौं अनि आतंकवादी समूहहरूविरुद्ध लड्नका लागि साझेदारहरूसँग जिम्मेवारी बाँड्न चाहन्छौं,’ कागजातमा लेखिएको छ ।

अहिलेसम्म ट्रम्प प्रशासनले सोमालिया, इराक र सिरिया जस्ता देशमा अमेरिकी सेनाको उपस्थितिमा वृद्धि गरेको छ र पूर्ववर्ती ओबामा प्रशासनले अफगानिस्तानबाट हट्ने निर्णयलाई उल्ट्याउने योजना बनाएको छ । अफगानिस्तानमा तालिबान सुरक्षाकर्मीहरूमाथि हावी हुन थालेको देखिन्छ ।

ह्वाइट हाउसले पेन्टागनलाई आफूले चाहेबमोजिम सैनिक र हतियार तैनाथ गर्न थप छुट दिएको छ ।

आरटीबाट

salt training

कमेन्ट गर्नुहोस्