
काठमाडौं, २४ वैशाख –ग्लोबल आइएमई बैंकले काठमाण्डौंको नयाँ बानेश्वरमा नयाँ एटिएम सेवा विस्तार गरेको छ ।
नयाँ बानेश्वर क्षेत्रका ग्राहकलाई लक्षित गरि बैंकले १०७ औं नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९४ वटा शाखा, ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, १०७ वटा एटिएम, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।