
एनआईसी एसिया बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल ग्रुपका उपाध्यक्ष तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित हुने भएका छन् । संविधान दिवस २०७७ को अवसरमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिष्ठित उद्योगी व्यवसायी समेत रहेका अग्रवाललाई विभूषित गर्ने घोषणा गरेकी हुन् ।
अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु-याउँदै आएका छन् । उनले भीजी फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएका छन् ।