
कोरोना भाइरसको संक्रमणका गुल्मी मालिका गाउँपालिकाका विद्यालयहरुमा अब बैकल्पिक माध्यमबाट पढाइ शुरु गरेको छ ।
विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै टोलटोलमा शिक्षक खटाएर पढाउन लागेको हो ।
विश्वभरमा फैलिएको कोरोना भाइरसका बिचमा पनि विद्यार्थीको भविष्यलाई मध्य नजर गर्दै बैकल्पिक माध्यमबाट पढाइ रहेको मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले बताए ।
‘कोरोना भाइरसको संक्रमणमा विद्यार्थीलाई हामीले बैकल्पिक माध्यमबाट सञ्चालन गरेका छौं,’ अध्यक्ष थापाले भने ।
अध्यक्ष थापाका अनुसार लामो समयसम्म विद्यालय बन्द भएपछि विद्यार्थीको भविष्य अन्योल भएपछि खुल्ला चौरमा सामाजिक दुरी कायम गरेर मास्क लगायत विद्यार्थीलाई पढाइँदै आएको थियो ।
निषेधाज्ञाको समयमा बन्द भएको उक्त विधिलाई अझ परिष्कृत गर्दै अब गाउँपालिका हरेक टोलमा शिक्षक खटाएर विद्यालय सञ्चालन गर्न लागेको अध्यक्ष थापाले बताए ।
‘निषेधाज्ञाका समयमा बैकल्पिक पढाइ बन्द भएको थियो । अब फेरी हरेक टोलमा शिक्षक खटाएर विद्यार्थीलाई सरकारको अर्को निर्णय नआउन्जेलसम्म बनाउँछौं,’ अध्यक्ष थापाले लोकान्तरसँग भने ।