काठमाडौं २४ बैशाख — दिपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘धनपति’ को फस्ट लुक सार्वजनिक भएको छ ।

आउँदो असार २३ बाट रिलिज हुन लागेको उक्त चलचित्रमा पशुपतिप्रसाद नायक खगेन्द्र लामिछाने र सुरक्षा पन्तको केमेष्ट्रि छ । खगेन्द्र र सुरक्षाका अतिरिक्त आशन्त शर्मा, मनिष निरौला, हरिहर शर्मा, रवि गिरी लगायतका कलाकारको समेत अभिनय रहेको चलचित्रको कथा खगेन्द्र लामिछानेले नै लेखेका हुन् ।
रोजिना सिटौलाले चलचित्र निर्माण गरेको चलचित्र टुकी आर्टस् र दिपेन्द्र के. खनालको व्यानरमा निर्माण भएको हो ।