२५ जेठ २०८३, सोमबार

कोरोना नियन्त्रणको नाममा आर्थिक अनियमितता भएको भन्दै भण्डाफोर अभियान

कोरोना नियन्त्रणको नाममा आर्थिक अनियमितता भएको भन्दै भण्डाफोर अभियान

डोटी जिल्लाको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्ति विरुद्ध एक महिने भण्डाफोर अभियान सञ्चालन गरेको छ ।

नेकपाको शिखर नगर संगठन कमिटीको बैठकबाट उक्त एक महिने भण्डाफोर अभियानसँगै कार्यक्रमको कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

विशेषतः कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका समयमा रोग नियन्त्रण तथा व्यवस्थापनका नाममा शिखर नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै उक्त अभियान चलाएको बताइएको छ ।

तस्वीर : बिमल बहादुर बिष्ट, रासस

salt training

कमेन्ट गर्नुहोस्