११ असार २०८३, बिहीबार

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ल्यायो “सिटी एक्स्प्रेस गलबन्दी टिक–टक च्यालेन्ज”

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ल्यायो “सिटी एक्स्प्रेस गलबन्दी टिक–टक च्यालेन्ज”

टी एक्सप्रेस मनी ट्रान्सफरले देश बिदेशमा रहेका टिक–टक प्रयोगकर्ताहरूका लागी “सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्ज”को आयोजना गरेको छ ।

गायक प्रकाश सपुतको निकै चर्चित रहन सफल “गलबन्दी” गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउँदै सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्जको आयोजना गरेको हो । 

सो च्यालेन्जमा सहभागी हुने मध्ये प्रथम , द्वितीय  तथा तृतीय उत्कृष्ट भिडियोले क्रमश रु १५००० , रु १००००, र रु ५००० नगद पुरस्कार पाउने छ । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई रु ५०० बराबरको मोबाईल टप अप प्रदान गरिनेछ । 

भिडियो यही असोज १४ गते सम्म पोस्ट गरी सक्नु पर्नेछ जसको नतिजा असोज २० गते प्रकाशन गरिनेछ । 

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया,  लगायत संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्