
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले सुनसरीको इनरुवा–४ की ४९ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
उच्च रक्तचाप, मधुमेह र मिर्गाैलाको समस्या भई कोरोना देखिएपछि उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
मृतकको शव नियमानुसार व्यवस्थापन भइरहेको अस्पतालले जनाएको छ ।