आजदेखि ५ दिनसम्म ठूलो वर्षा हुने सम्भावना रहेकाले सचेत रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ध्यानाकर्षण गराएको छ ।
प्राधिकरणले सोमवार ट्वीट गर्दै मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको हो ।
'आजदेखि ५ दिनसम्म देशका प्रायजसो सबै स्थानमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना भएकाले सुरक्षित रहन र सतर्कता अपनाउन सबैमा आग्रह गर्दछौं । सम्भावित घटनालाई मध्यनजर गर्दै उद्धार र राहत टीमलाई तयारी अवस्थामा राखिएको जानकारी पनि गराउँदछौं,' ट्वीटमा भनिएको छ ।
हेर्नुहोस्, प्रेस नोट :