२२ असार २०८३, सोमबार

भारी वर्षापछि भक्तपुरमा बाढीको खतरा, सचेत रहन विभागले गर्‍यो अपिल

भारी वर्षापछि भक्तपुरमा बाढीको खतरा, सचेत रहन विभागले गर्‍यो अपिल
सांकेतिक तस्वीर

केही घण्टा देखिको भारी वर्षाका कारण भक्तपुरमा बाढीको खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।

विभागले सोमवार ट्वीट नगरकोट आसपास क्षेत्रमा पछिल्लो ३ घण्टा यता भारी वर्षा भएकाले सानोखोलामा एक्कासि बाढीको खतरा देखिएको जनाएको हो ।

साथै कमजोर र भिरालो जमिनमा पहिरोको पनि खतरा रहेको विभागले उल्लेख गरेको छ ।

'भक्तपुर जिल्लाको नगरकोट र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा भारी वर्षा भएको र थप हुने सम्भावना रहेकोले सो क्षेत्र भई बहने सानाखोलामा एक्कासि बाढी र कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने सतर्क रहौं,' विभागले भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्