
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।
सोमवार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ६ सय ७४ जना कोरोना संक्रमित भेटिएको जानकारी दिएका हुन् ।
उनका अनुसार, काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण देखिएको छ ।