१० असार २०८३, बुधबार

गुल्मीमा काङ्ग्रेस सभापति कुटिएकोमा शेखरको विरोध

गुल्मीमा काङ्ग्रेस सभापति कुटिएकोमा शेखरको विरोध

काठमाडौं । गुल्मीमा काँग्रेस जिल्ला सभापति कुटिएको प्रति केन्द्रीय सदस्य डा शेखर कोइरालाले विरोध गरेका छन् । आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने नेकपाका कार्यकर्तामाथि कारबाहीको माग गर्दै भएको प्रदर्शनका क्रममा कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ लगायतमाथि प्रहरीले दमन गरेको थियो । 

‘विना कसुर आफ्ना कार्यकर्ता पिट्ने नेकपाका कार्यकर्ता पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दा प्रशासनले अटेरी गरेपछि शान्तिपूर्ण प्रदर्शनमा उत्रेका नेपाली कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ लगायत साथीहरूमाथि भएको प्रहरी ज्यादती र आक्रमणको घोर भर्त्सना गर्दछु’, कोइरालाले ट्वीटरमार्फत भनेका छन् । 

— Dr Shekhar Koirala (@Shekharnc) September 21, 2020

यस्तै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि एक विज्ञप्तिमार्फत घटनाको विरोध गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्