०५ साउन २०८३, मंगलबार

भ्रष्टाचारविरुद्ध कठोर सी चिनफिङ : घरजग्गा व्यवसायी रेनलाई १८ वर्ष कारावास सजाय

असोज ६, २०७७
भ्रष्टाचारविरुद्ध कठोर सी चिनफिङ : घरजग्गा व्यवसायी रेनलाई १८ वर्ष कारावास सजाय

चीनका पूर्व घरजग्गा व्यवसायी रेन झिचियाङलाई भ्रष्टाचार, घुुसखोरी तथा सार्वजनिक सम्पत्ति हिनामिनाको आरोपमा १८ वर्षको कारावास सजाय तथा ४२ लाख युआज जरिवानाको सजाय दिइएको छ । 

उनले सरकारी स्वामित्वको कम्पनीमा शक्ति दुरुपयोग गरेको अभियोग समेत रहेको चीनको सरकारी सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 
 

हुआयुआन नामक सरकारी घरजग्गा व्यवसाय समूहका पूर्व अध्यक्ष रेनले राष्ट्रपति सी चिनफिङको आलोचना गर्ने गरेका छन् । 

बेइजिङ नम्बर २ इन्टरमिडिएट कोर्टले आफ्नो वेबसाइटमा यस सजायको घोषणा गरेको रोयटर्स समाचार संस्थाले लेखेको छ । 

गत जुलाई महिनामा रेनलाई चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक, सांगठनिक मर्यादा तथा अनुशासन उल्लंघन गरेको आरोप लगाइएको थियो । 

उनलाई पार्टीबाट निष्काशन गरिएको र उनले अवैध रूपमा जम्मा गरेको सम्पत्ति जफत गरिएको बेइजिङ सिचेङस्थित अनुशासन निरीक्षण तथा सुपरीवेक्षण कमिटीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्