१५ असार २०८३, सोमबार

आफूलाई येशुको अवतार भनी दाबी गर्ने व्यक्ति पक्राउ

असोज ६, २०७७
आफूलाई येशुको अवतार भनी दाबी गर्ने व्यक्ति पक्राउ

रुसका विशेष सुरक्षाबलहरूले आफूलाई जिसस क्राइस्टको नयाँ अवतार दाबी गर्ने एक पूर्व ट्राफिक प्रहरीलाई पक्राउ गरेका छन् । 
 

भिस्सारियोन भनिने सर्गे तोरोप र उनका निकटतम सहयोगी भादिम रेडकिनलाई पक्राउ गरिएको हो । 
 

तोरोपले आफू सन् १९९० मा ईश्वरको पुत्रका रूपमा पुनः जन्मेको दाबी गरेका छन् । उनी ५९ वर्षका भए । 

रुसी एजेन्टहरूले ठूलै सैन्य कारवाही चलाएर उनलाई पक्राउ गरेका हुन् । त्यसक्रममा चारवटा हेलीकप्टर र दर्जनौं सशस्त्र सैनिकहरू तैनाथ गरिएका थिए । 

रुसको अनुसन्धान समितिले तोरोपको समूहले मनोवैज्ञानिक हिंसा गर्ने गरेको र केही अनुयायीहरूको स्वास्थ्यमा गम्भीर हानि पुर्‍याएको विषयमा छानबिन थालिएको बताएका छन् । 
 

सर्गे तोरोप र अन्य नेताहरू भादिम रेडकिन र भ्लादिमिर भेदेर्निकोभलाई पक्राउ गरिएको भनी बयान जारी गरिएको छ । 

उनीहरूलाई दुई वा बढी मानिसलाई गम्भीर शारीरिक हानि पुर्‍याइएको आशंकामा पनि अनुसन्धान गरिएको छ । 
 

साइबेरियाको कुरागिन्स्की जिल्लामा उनीहरूलाई पक्राउ गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्