०९ असार २०८३, मंगलबार

कोटेश्वरको होटलमा युवतीको रहस्यमय मृत्यु, यस्तो बहाना बनाएर भागे प्रेमी

कात्तिक २०, २०७४
कोटेश्वरको होटलमा युवतीको रहस्यमय मृत्यु, यस्तो बहाना बनाएर भागे प्रेमी


काठमाडौँ, २४ वैशाख - कोटेश्वर आकासेपुलस्थित होटल होम गेष्टहाउस एण्ड रेस्टुराँको तेस्रो तलाको कोठामा आज एक युवती शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् ।dead

महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले मृतक काभ्रे महाँकालचौर–८ घर भएकी २८ वर्षीया लक्ष्मी तामाङ भएको जानकारी दिए ।

मृतक तामाङ र वतन नखुलेका विष्णु सापकोटा नाम गरेका व्यक्ति शनिबार आफूहरु श्रीमान् श्रीमती भनी होटलमा बसेकामा आइतबार सापकोटा विमानस्थल गएर साथी लिएर आउँछु भनी गएका थिए ।

सापकोटा फर्किएर नआएपछि उक्त गेष्ट हाउसमा काम गर्ने व्यक्तिले कोठामा गई हेर्दा कोठाको बाहिर पट्टीबाट चुकुल लगाएको र कोठाभित्र तामाङलाई घोप्टो अवस्थामा मृत फेला पारेका थिए ।

निरीक्षक पाण्डेले भने , “सो व्यक्तिले एयरपोर्टबाट केही छिनमा फर्कने भन्दै थप पाँच जनालाई खाना बनाउनु भनी भागेर गएका रहेछन्, उनको खोजी कार्य जारी छ । मृतक तामाङको घाँटीमा डाम देखिएकाले उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।”

salt training

कमेन्ट गर्नुहोस्