०३ साउन २०८३, आइतबार

सहस्रधारामा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

असोज ७, २०७७
सहस्रधारामा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध
प्रतिकात्मक तस्वीर

मंगलवार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ ।

पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण मंगलवार रातिदेखि नै सडक अवरुद्ध बनेको हो ।

२ हप्तादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने बित्तिकै पनि पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । 

मंगलवार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए । बाटो पुनः सञ्चालनमा ल्याउन स्काभेटर बोलाइएको भन्दै उनले वर्षा रोकिए दिउँसोसम्ममा सडक सञ्चालन हुने जानकारी दिए । 

सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरू नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौंका लागि छुटेका सवारीसाधनहरू रातिदेखि नै मालढुंगामा अलपत्र बनेका छन् ।

अघिल्लो हप्ताको आइतवारदेखि सो ठाउँमा निरन्तर पहिरो झरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्