१० असार २०८३, बुधबार

पहिरोले नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी मात्रै सञ्चालन

असोज ७, २०७७
पहिरोले नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी मात्रै सञ्चालन
फाइल फोटो

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।  

नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा बुधवार बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । अहिले सडक दुइतर्फी खुलाउने प्रयास भइरहेको उनले बताए ।
 
यसैबीच मुग्लिन–नौबिसे सडकखण्ड पनि एकतर्फी मात्र सञ्चालनमा छ । यस सडकखण्ड अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीरमा पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ । अहिले सडक दुइतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सो स्थानमा यसअघि पटक–पटक पहिरो खस्ने गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्