१० असार २०८३, बुधबार

घुन्सा हेलिकप्टर दुर्घटना भएको १४ वर्ष पूरा

असोज ७, २०७७
घुन्सा हेलिकप्टर दुर्घटना भएको १४ वर्ष पूरा

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको बुधवार १४ वर्ष पूरा भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएकाको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । 

विक्रम संवत् २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ संरक्षणविद्ले ज्यान गुमाएका थिए । सरकारले सोही दिनको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालेको हो । 

विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री गोपाल राई, राईकी पत्नी मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल लगायतको निधन भएको थियो । 

घटनाबारे अध्ययन गर्न घटनालगत्तै बनेको एक कार्यदलले मौसम प्रतिकूलताकै कारण दुर्घटना भएको प्रतिवेदन बाहिर ल्याएको थियो । जनकेशरीराज पण्डितको संयोजकत्वमा घटनाबारे अध्ययन गर्न कार्यदल बनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्