कुलेखानी–हेटौंडा सडक खण्डमा पहिरोले स्कोर्पियो र मोटरसाइकललाई पुर्दा १ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ देउराली भन्ने ठाउँमा बुधवार बिहान ९:४० बजे गएको पहिरोले बा १७ च ४८७४ नम्बरको स्कोर्पियो र बा ९७ प ४८५१ नम्बरको बाइक पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले लोकान्तरलाई जानकारी दिए ।
डीएसपी रानाका अनुसार स्कोर्पियो चालकको मृत्यु भएको छ भने मोटर साइकलमा सवार २ जना घाइते छन् । खुट्टामा ढुंगाले थिचेको अवस्थामा उद्धार गरिएका उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
अहिले पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।