स्याङ्जा, २५ बैशाख -स्याङ्जाको गल्याङ नगरपालिका वडानम्बर पाँचमा शनिबार राती स्थानिय एमालेका कार्यकर्ताहरुले काङ्ग्रेसका कार्यकर्ताहरु माथी सांघतिक आक्रमण गरेका छन् ।
सो आक्रमणको बिरोधमा नेबिसंघका स्याङ्जाका सभापती अजित क्षत्रीले बिज्ञप्ती निकाल्दै चुनावी प्रचारको क्रममा घैरदैलो गरेर फर्किरहेका चार जना कार्यकर्ताहरु सुदर्शन भण्डारी, गंगाधर पाठक, प्रदिप भण्डारी र सुदिप भण्डारी माथी एमालेका कार्यकर्ताहरुले आक्रमण गरि गम्भीरघाइते बनाएको बताएका छन् ।
आक्रमणमा परी घाइते भएकाहरुलाई पोखराको फेवा सिटी हस्पिटलमा भर्ना गरिएको छ । घाइतेले बताए अनुसार आक्रमणकारीहरुमा नेकपा एमालेका स्थानिय कार्यकर्ताहरु चण्डी भण्डारी, टोल वीर गुरुङ र राजु राना रहेका थिए । निजहरुलाई तुरुन्त पक्राउ गर्न प्रशासनलाई आग्रह गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
.jpg?1494206948958)