१६ असार २०८३, मंगलबार

खोलाले बगाएको जीप फेला, बेपत्ताको खोजी जारी

असोज ८, २०७७
खोलाले बगाएको जीप फेला, बेपत्ताको खोजी जारी
प्रतिकात्मक तस्वीर

कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली खोलाले बगाएको जीप बिहीवार भेटिए पनि त्यसमा सवार २ जना अझै भेटिएका छैनन् ।

कोइली खोलामा आएको बाढीले बुधवार नेपाल विद्युत् प्राधिकरणको बा१ञ नम्बरको जीप बगाउँदा ३५ वर्षीय चालक माधव पाण्डेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उनका अनुसार जीपमा सवार ६ जनामध्ये ३ जना हामफालेर बच्न सफल भएका थिए भने २ जना बेपत्ता भएका थिए । 

वाणगङ्गाको भलवाड पडेरीयामा विद्युत् मर्मतको काम सकेर कार्यालय फर्कने क्रममा जीपलाई खोलाले बगाउँदा त्यसमा सवार प्राधिकरणका फ्युज सेवा गजेहडाका प्रमुख कृष्णप्रसाद पौडेल र अर्घाखाँची शितगङ्गा नगरपालिका–१३ का केशव भाट क्षेत्री हालसम्म फेला पर्न नसकेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोलाको आसपासका क्षेत्रबाट दुवै जनाको खोजी कार्य जारी राखेको छ । बुधवारदेखि नै ३ वटै सुरक्षा निकायको टोली खोजी कार्यमा परिचालन भएको छ । बुधवार नभेटिएपछि सो टोलीले बिहीवार बिहानैदेखि बेपत्ता दुवै जनाको खोजी कार्य गरिरहेकोे प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्