०९ असार २०८३, मंगलबार

जब सुशीला सर्वोच्च अदालत पुगिन्...

कात्तिक २०, २०७४
जब सुशीला सर्वोच्च अदालत पुगिन्...
काठमाडौँ, २५ बैशाख -महाअभियोग प्रस्ताव यथास्थितिमा राख्न र प्रधानन्यायाधीशलाई काममा फर्काउन सर्वोच्चले दिएको आदेशअनुसार आइतबार सुशीला कार्की सर्वोच्च अदालत फर्किइन्, तर उनले आफ्नो लागि कुनै इजलास तोकिनन् । सर्वोच्च अदालत परिसरमा बिहान ९ बजेर २० मिनेटमा पुगेकी कार्कीले ९ बजेर २७ मिनेटमा हाजिर गरिन् ।sushila
हाजिर गरेसँगै उनले नौवटा इजलास तोकेर मुद्दा बाँडफाँड गरिन् । न्यायाधीशहरूका लागि एकल र संयुक्त गरी नौवटा इजलास तोकेर उनी आफू भने कार्यकक्षमा फाइल हेरेर समय बिताइन् ।
सर्वोच्चमा सधैँ चमक देखिने उनको अनुहार आइतबार अलि उदास थियो । अपराह्न ३ः४० मा उनी सर्वोच्चबाट बाहिरिइन् । संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश कार्की निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश गोपाल पराजुली कामु प्रधानन्यायाधीश तोकिएका थिए ।
चार दिन कायममुकायम बनेका पराजुली आइतबार अदालत आएनन् । सर्वोच्च अदालतको वेबसाइटमा पराजुलीलाई कामु प्रधानन्यायाधीश भनेर उनको तस्बिरसमेत राखिएको थियो । आइतबार उनको नाम र तस्बिरसमेत हटाएर वरिष्ठतम् न्यायाधीशमा राखिएको छ । वरिष्ठतम् न्यायाधीश अनुपस्थित भएपछि उनको इजलास पनि तोकिएन, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्