
काठमाडौं । देशभर रहेका कुल ५१ प्रयोगशालाबाट हालसम्म ९ लाख ५५ हजार ९२३ जनाको कोरोनाभाइरस परीक्षण भएको छ । बिहीबारसम्म सो संख्यामा भएको परीक्षणबाट ६९ हजार ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबारमात्रै ११ हजार ४४९ जनाको परीक्षण भएकामा १४९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रयोगशालामध्ये सरकारी ३६ र निजी १५ वटा रहेका छन् । हालसम्म सरकारीमा ८ लाख ६१ हजार १५३ र निजीमा ९४ हजार ७७० जनाको परीक्षण भएको छ ।
कुन प्रयोगशालामा कति परीक्षण भए विवरण हेर्नुहोस्ः
