०७ असार २०८३, आइतबार

वकिलको दावी : 'सुशान्त सिंह राजपूतको आत्महत्या हैन, हत्या भएको हो'

असोज ९, २०७७
वकिलको दावी : 'सुशान्त सिंह राजपूतको आत्महत्या हैन, हत्या भएको हो'

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको तीन महिनाभन्दा बढी भइसकेको छ । 

भारतका विभिन्न अनुसन्धानकर्ताहरूले सुशान्तको मृत्यु प्रकरणबारे अनुसन्धान गरिरहेका छन् । यद्यपी अहिलेसम्म सुशान्तको आत्महत्या हो वा हत्या ? यसबारे कुनै पनि सत्यतथ्य बाहिर आउन सकेको छैन । 

सुशान्तको परिवारको पक्षमा वकालत गरिरहेका वकिल विकास सिंहले सुशान्तलाई भारत सरकारले न्याय दिन ढिला भइरहेको भन्दै आक्रोश पोखेका छन् । 

उनले ट्वीट गरेका छन् , सुशान्तको  हत्यालाई सीबीआईले आत्महत्या गर्न उक्साउने क्रममा भएको हत्याको केसलाई विफल तुल्यायो । एम्स टोलीका एक चिकित्सकले मलाई भनेका छन्, यो गम्भीर घटना हो, २ सय प्रतिशत नै हत्या भएको हो, आत्महत्या हैन । ’

यस्तै अभिवक्ता सिंहको भनाइको खण्डन गर्दै एम्सका फोरेन्सिक प्रमुख सुधीर गुप्ताले यसबारे अहिले अनुसन्धान भइरहेको बताएका छन् । उनले भनेका छन्, अहिलेसम्म अनुसन्धान भइरहेको छ, कुनै परिणाम आएको छैन । त्यसकारण यो हत्या वा आत्महत्या के हो भन्ने बारे यसै भन्न मिल्दैन ।

कमेन्ट गर्नुहोस्