
काठमाडौं, २५ वैशाख – जेठ १५ गते भित्रै काम चलाउ बजेट ल्याउनको लागि शीर्ष तीन दलका शीर्ष तीन नेता सहमत भएका भएका छन् ।
आइतवार राति अबेर भएको तीन शीर्ष नेताको बैठकमा यस्तो छलफल भएको हो ।
प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली जेठ १५मा नयाँ कार्यक्रम समावेश नगरी काम चलाउ बजेट ल्याउनको लागि सहमत भएका हुन् ।
ओलीले बजेट भन्दा अघिनै दोस्रो चरणको निर्वाचन गर्नुपर्ने माग गरेको भएपनि उनी काम चलाउ बजेटमा सहमतिमा आएको स्रोतहरू बताउँछन् ।
शीर्ष नेताहरु दोस्रो चरणको निर्वाचन जेठ ३१ मै गर्नको लागि सहमत भएका छन् । काम चलाउन बजेट मात्र ल्याएपछि जेठ ३१ म दोस्रो चरणको निर्वाचन गर्न सकिने नेताहरुले बताएका हुन् ।
हिँजो साँझदेखि विकास भएको राजनीतिक घटनाक्रमले राजनीतिक संक्रमणले विश्राम पाउने संकेत लिएको छ ।