
यतिखेर बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर भारतीय प्रहरी, नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) लगायतले विभिन्न शैलीमा अनुसन्धान गरिरहेको छ ।
पछिल्ला दिनहरूमा यस अनुसन्धान लागुऔषध ड्रग्सतर्फ मोडिएको छ र यसले निकै चर्चा पनि पाइरहेको छ । बलिउडका चर्चित अभिनेत्रीहरू यस केसमा फसेका छन् ।
ड्रग्स सेवनको मुद्धामा एनसीबीले क्षितिज प्रसादलाई समेत हिरासतमा राखेको छ । उनी चर्चित फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सनका कार्यकारी प्रोड्यूसर हुन् । हालै करण जौहरको फिल्म पनि उनले नै बनाएका छन् ।
क्षितिजलाई हिरासतमा लगेपछि करणले आफूले ड्रग्स सेवन नगर्ने बताएका छन् । उनले भनेका छन्, म न ड्रग्स लिन्छु, न त यसको प्रोमोट नै गर्छु ।’
उनले आफ्नो घरमा जुलाई २८ २०१९ मा भएको पार्टीमा ड्रग्सको प्रयोग गरेको भनेर गलत हल्ला फैलाइएको दावी गरेका छन् । उनले भनेका छन्, ‘२०१९ मै मैले भनेको थिएँ, यो आरोप सबै गलत हो ।’
करणले क्षितिजको बारेमा आफूलाई थाहा नभएको बताएका छन् ।