
काठमाडौं, २५ वैशाख — बाहुबली २ ले संसारभरि १० अर्ब भारु कमाएर सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको कीर्तिमान कायम गरेको छ ।

तर दिग्गज अभिनेता आमिर खानको दंगलले पनि चीनमा ८० करोड भारुको कारोबार गरेर कुल आठ अर्ब २४ करोड कमाएको छ । यससँगै दंगल दोस्रो सर्वाधिक कमाउने भारतीय फिल्म बन्न पुगेको छ ।
आमिर खानको क्रेज चीनमा गजबको छ । उनको फिल्मलाई चिनियाँहरूले व्यग्रताका साथ प्रतीक्षा गरिरहेका हुन्छन् ।
आमिरकै पीकेले सात अर्ब ९२ करोडको व्यापार गरेर तेस्रो नम्बरमा नाम लेखाएको छ ।
दंगल पुसमा आएको थियो र आमिरका साथै साक्षी तँवर, फातिमा सना शेख र सान्या मल्होत्रा लगायतका कलाकार यसमा थिए । महिला कुश्तीबाजहरू गीता र बबिता फोगटको जीवनमा यो फिल्म आधारित थियो ।
एजेन्सी