२५ जेठ २०८३, सोमबार

बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५७ हजार ६७३ पुग्यो

असोज १०, २०७७
बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५७ हजार ६७३ पुग्यो

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित विरामीमध्ये ७५.१ प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ ।

मुसलमान बहुल एसियाली यो मुलुकमा पछिल्लो २४ घण्टामा एक हजार १०६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र यसका कारण ३६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

योसँगै बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५७ हजार ६७३ पुगेको छ भने पाँच हजार १२९ सङ्क्रमितको मृत्यु भएको छ ।

यहाँ अहिलेसम्म सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या दुई लाख ६८ हजार ७७७ अर्थात् ७५.१ प्रतिशत रहेको छ भने सङ्क्रमितको मृत्युदर १.४३ प्रतिशत रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्