०५ असार २०८३, शुक्रबार

स्टिमर सेवाले बढायो पर्यटक

कात्तिक २०, २०७४
स्टिमर सेवाले बढायो पर्यटक

फलेवास, पर्वत, २५ वैशाख –कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि शालिग्राम शीला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको हो । स्टिमरमा जलयात्रा गर्न र शालिग्राम शीलाको अवलोकन गर्नका लागि विभिन्न जिल्लाबाट आउने पर्यटकका लागि पछिल्लो समय भ्रमणको गन्तव्य नै बन्ने गरेको छ । पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थलमापर्ने मिर्मी जलविद्युत् परियोजनाको बाँधले बनाएको तालमा स्थानीय व्यवसायीले काठको ढाँचामा ट्रकका इन्जिन उपयोग गरेर बनाइएको स्टिमर सञ्चालन गर्दै आएका छन् ।

वर्षात्को समयमा कालीगण्डकीको बहाव बढ्ने भएकाले स्टिमरको सेवा बन्द थियो । पानीको बहाव घटेसँगै कात्तिक अन्तिम सातादेखि सञ्चालन सुरु गरिएको हो । पछिल्ला दुई वर्षमा कालीगण्डकी करिडोर अन्तर्गतको हर्मिचौर–पूर्तिघाट सडक सञ्चालन भएपछि जलयात्रा गर्ने गाउँलेको सङ्ख्या घटेपनि जलयात्राको आनन्द लिनका लागि बाह्य जिल्लाका पर्यटकको सङ्ख्या भने थपिँदै गएको छ । दैनिकजसो दुईदेखि सात वटासम्म विभिन्न जिल्लाका विद्यार्थी भ्रमणमा आउने गरेका छन् । स्थानीय व्यवसायीको पहलमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस क्षेत्रमा स्टिमर सञ्चालनमा ल्याइएको हो ।

स्थानीय व्यवसायी प्रेम अर्यालले भन्नुभयो, ‘गाडीबाट भन्दा स्टिमरबाटै ढुवानी र यात्रा पनि सस्तो पर्ने भएकाले सडक विस्तार भएपछि पनि स्टिमर सेवा निरन्तर चलिरहेको छ । उहाँका अनुसार स्टिमर सञ्चालन भएपछि गाडीमा प्रतिकिलो ३ रुपैयाँ पर्ने ढुवानी भाडा १ रुपैयाँमा झरेको छ ।

स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ को बाँधदेखि पर्वत, गुल्मी र स्याङ्जाको सङ्गममा अवस्थित प्रसिद्ध धार्मिकस्थल एवम् ठूला शीला शालिग्राम रहेको सेतीवेणी बजारसम्म झन्डै सात किमि दुरीमा कालीगण्डकीको पानीमाथि स्टिमर चल्ने गरेको छ । दुई ठूला पहाडको खोंचबाट सुस्तगतिमा बढेको कालीगण्डकीको पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने गरेकाले पर्यटक रमाउने सेतीवेणीका होटल व्यवसायी शोभाखर तिवारीले बताउनुभयो । स्टिमरले आन्तरिक पर्यटक मात्र नभै दैनिक उपभोग्य सामग्रीको मूल्य पनि घटेको छ ।

उक्त नदीमा मात्र पाइने भएकाले पछिल्लो समय भारतीय पर्यटक तथा तीर्थयात्री पनि शालीग्राम शीलाको दर्शन गर्न आउने गरेका छन् । शीलामा एकादशी, माघेसङ्क्रान्ती, बालाचतुर्दशी, शिवरात्रीलगायतका पर्वमा विशेष पूजाआजा हुने गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्