
आफ्नो निवासमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रधान सेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टीनमा बसेका छन् ।
निवासको भान्छामा कार्यरत भान्छेलाई कोरोना संक्रमण पुष्टि भएपछि आज (आइतवार) देखि प्रधान सेनापति थापा सेल्फ क्वारेन्टीनमा बसेको नेपाली सेनाका प्रवक्ता सहायक–रथी सन्तोष वल्लभ पौडेलले जानकारी दिए ।