०२ साउन २०८३, शनिबार

यी महिलाले गरिन् घोषणा– जिन्दगीभरि पुरुषलाई घृणा गर्ने

मंसिर २६, २०७७
यी महिलाले गरिन् घोषणा– जिन्दगीभरि पुरुषलाई घृणा गर्ने

बेलायतको डरहम विश्वविद्यालयमा विद्यार्थी युनियनकी नेता रहेकी नालिया हकले पुरुषलाई घृणा गर्ने भनी परिचय दिने गरेकी छन् । 

उनको ट्विटर प्रोफाइलमा केही अघिसम्म पनि यस्तो वाक्य थियो : ‘बाँचुन्जेल पुरुषलाई घृणा गर्ने’ । 

उनको ट्विटर अकाउन्ट अहिले बन्द छ । हक गत फेब्रुअरी महिनामा अन्डरग्य्राजुएट एकेडमिक अफिसरका रूपमा निर्वाचित भएकी थिइन् । 

पूर्वी लन्डनमा बस्ने अनि अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गरिरहेकी हकले युनियनका मानिसलाई इमेलमा कुन निजी सर्वनाम प्रयोग गर्ने गरेको भनी खुलाउन प्रेरित गरेकी छन् । उनले विद्यार्थी तथा कर्मचारीलाई सर्वनाम ब्याज लगाउन भनेकी छन् । 

गत जुलाई महिनामा उनले डरहमका शीर्ष अधिकारीहरूलाई विश्वविद्यालय कसरी उपनिवेशमुक्त बनाउने भनी घोषणापत्र प्रस्तुत गरेकी थिइन् । 

यस विषयमा टिप्पणी गर्न हक र युनियन दुवैले मानेनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्