०५ साउन २०८३, मंगलबार

अमेरिकामा १० करोड ३६ लाख बढीको कोरोना परीक्षण

अमेरिकामा १० करोड ३६ लाख बढीको कोरोना परीक्षण

संयुक्त राज्य अमेरिकामा १० करोड ३६ लाख बढीको कोरोनाभाइरस भए–नभएको पत्तो लगाउन पीसीआर परीक्षण भएको छ । आइतबारसम्म परीक्षण भएकामध्ये ७२ लाख ९२ हजारबढीमा संक्रमण पुष्टि हुँदा २ लाख ९ हजार २३० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

यस्तै हालसम्म ४५ लाख २४ हजार निको हुँदा अझैपनि साढे २५ लाख बढी सक्रिय संक्रमित नै रहेका छन् । तीमध्ये २४ हजार बढीको अवस्था गम्भीर रहेको पनि समाचारमा जनाइएको छ । अमेरिकामा विश्वभरका अन्य देशको तुलनामा सबैभन्दा धेरै संक्रमित भएको देश हो ।

salt training

कमेन्ट गर्नुहोस्