१२ असार २०८३, शुक्रबार

स्वर्ण पदक नै पाउने गरी यो मुसाले के गर्‍यो त्यस्तो

भदौ १६, २०७७
स्वर्ण पदक नै पाउने गरी यो मुसाले के गर्‍यो त्यस्तो

लन्डनमा मगावा नामक एक मुसालाई पीडीएसए स्वर्ण पदक दिइएको छ । यस्तो पदक पशुहरूको बहादुरीका लागि दिने गरिन्छ । 
 

मगावा मुुसाले ३९ भन्दा बढी ल्यान्डमाइन र अन्य विस्फोटक पदार्थ पत्ता लगाइसकेको छ । ल्यान्डमाइनको भनक पाउनेबित्तिकै उसले भुइँ खोस्रिन थाल्छ अनि उसका ट्रेनरहरूले विस्फोटक पदार्थको उपस्थिति थाहा पाउँछन् । 
 

मगावालाई बेल्जियमको गैरनाफामुखी संगठन एपोपोले प्रशिक्षण दिएको हो । यसले सन् १९९० देखि ल्यान्डमाइन पत्ता लगाउन पशुहरूको उपयोग गर्ने गरेको छ । 

उक्त संस्थाका अनुसार, मगावाको तौल कम छ । ऊ कुनै ल्यान्डमाइनमाथि पुगेछ भने पनि विस्फोट हुँदैन । उसले टेनिस कोर्ट जति क्षेत्रफल जाँच्नका लागि २० मिनेट समय लगाउँछ । 

बेलायतको परोपकार संस्थाले मगावालाई पुरस्कृत गरेको हो । यो अफ्रिकी जायन्ट पाउच्ड मुुसा हो र सात वर्षको भयो । 

उसले सुँघेर ३९ ल्यान्डमाइन पत्ता लगायो अनि नपड्केका २८ वटा गोलाबारुद पनि पत्ता लगायो । 
 

मगावाले दक्षिणपूर्वी एसियामा रहेको कम्बोडियामा १५ लाख वर्ग फीट क्षेत्रमा ल्यान्डमाइनबाट मुक्त गर्न सहायता गरेको हो । ती ल्यान्डमाइनहरू सन् १९७० भएको गृहयुद्धमा दशकमा राखिएका थिए । 

कम्बोडियाको माइन सेन्टरले अझै पनि ६० लाख वर्ग फीट क्षेत्रको ल्यान्डमाइन पत्ता लगाउन बाँकी रहेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्